१ फागून

पर्वत  । पर्वतको फलेवास नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा उत्कृष्ठ कर तिर्ने करदाताहरुलाईसम्मान गरेको छ । उत्कृष्ठ करदाताको रुपमा सबैभन्दा बढि कर तिरेर सहयोग गर्ने ६ जना करदातालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा फलेवास नगरपालिका १ कार्कीनेटाका गौकुमारी श्रेष्ठ, सुर्यलाल श्रेष्ठ र बाबुराम शर्मा रहनुभएको छ ।त्यस्तै फलेवास ५ खानीगाउँका देवका सुबेदी, ढकाराम सुबेदी र नरबहादुर क्षेत्री रहनुभएको छ । नगरपालिकाले करदाताहरुलाई दोसल्ला र कदरपत्रले सम्मान गरेको हो । समयमै र तोकिएको कर तिर्नुपर्छ भन्ने नागरिकहरुमाजागरुकता ल्याउन सम्मान गरिएको नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो ।

करप्रति नागरिकहरुको उत्साह बढाउन नगरपालिकाले कर सचेतना कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ ।नगरपालिकाले १२ दिनसम्म कर प्रशिक्षण सञ्चालन गर्न लागेको प्रमुख प्रसासकिय अधिकृत मोतीराम सापकोटालेजानकारी दिनुभयो । उहाँले करले नभई रहरले कर तिर्ने बानी बसाल्नुपर्ने आवश्यकता महसुस गरि कर प्रशिक्षणसञ्चालन गर्न लागेको बताउनुभयो । नगरप्रमुख पदमपाणी शर्माले कर संकलन मात्रै आफुहरुको प्राथमिकता नभईनागरिकहरुलाई कर लिएपछि सुविधा पनि दिनुपर्छ भन्नेमा

केन्द्रित भएको बताउनुभयो । नगरपालिकाले नगरपालिकाकासबै वडामा उद्योग, व्यवसाय, लघु तथा घरेलु उद्योग, कृषि, पशुपालन व्यवसाय सञ्चालनका लागि प्रेरित गरिरहेकोबताउनुभयो ।

नागरिकहरु व्यवसायमा मजवुत रुपमा लागेमा नगरवासीहरु पनि आत्मानिर्भर हुने र राज्यलाई दिने कर पनि बढ्नेभएकाले यसप्रति नगरकार्यपालिका योजनाबद्ध रुपमा लागेको शर्माले बताउनुभयो । उहाँले आफुहरुले नगरमा देशभरिकैस्थानीय तहभन्दा निकै कम कर लिने गरेको पनि शर्माले दावी गर्नुभयो ।

कार्यक्रमको स्वागत योजना व्यवस्थापक देबिप्रसाद तिमिल्सीनाले गर्नुभएको थियो भने सञ्चालन नगरपालिकाकाकर्मचारी रमेश शर्मा पौडेलले गर्नुभएको थियो ।