२९ माघ

पर्वत कूश्मा । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा संचालिन कटूवाचौपारी महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडको प्रारम्भीक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गदै कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले सहकारीले महिलालाई आत्मनिर्भर बनाएको बताउनु भएको छ । उहाँले महिलाहरु सहकारीमा आबद्ध हुनथालेपछि नेतृत्वगर्ने क्षमताको पनि बिकास भएको उहाँको भनाई छ । उपप्रमुख काफु्ले सबै महिलाहरुको पहुँचमा सहकारी पुग्नुपर्ने बताउनु भयो ।

सहकारीनै आर्थिक समृद्धिको मूख्य आधार भएको बताउदै उहांले कुश्मा नगर भित्रकासहकारीलाई ब्यबस्थित बनाएर लैजाने बताउनु भयो । सहकारी संस्थामा आवद्व कमजोर शेयर सदस्यहरुलाई आर्यआर्जनमा जोडने, क्षमता विकासमा जोड दिन सहकारी लागि पर्नुपर्ने बताउनु भयो । उहाँले समाजमा रहेका गरिब, पछाडि परेका वर्ग सामुदाय र महिलाहरुलाई समूहमा आवद्व गराई उनीहरुकोे जीवन स्तरमा व्यापक सुधार गर्नका लागि सहकारीले साँझा संकल्प लिनुपर्ने बताउनु भयो ।

राज्यको निती अनुरुप बिकास र समृद्धिका काममा स्थानिय सरकार निरन्तर लागी परेको बताउदै हरेक व्यवसायीक कामले सकरात्मक प्रभाव पर्नै भन्दै सहकारीले सेयर सदस्यलाई उत्पादन मार्फत आम्दानीको श्रोत बढाउन पहल गर्नुपर्ने काफ्लेको भनाई छ । सवैका लागी एक र एकका लागी सवै भन्ने सहकारकिो मूल मर्म भएकाले त्यस तर्फ अग्रसर भई काम गर्न सवैलाई सूझापव दिनू भयो ।

कार्यक्रममा कुश्मा नगरपालिका–९ का वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले सहकारीले गरिवी निवारणमा उल्लेख्य भूमिका खेलेको बताउनु भयो । सहकारी नीति, विधि र विधान अनुसार चल्नुपर्ने भन्दै सहकारीले राज्यको पँहुचमा नपुगेको जनतालाई आर्थिक गतिविधिका क्षेत्रमा संग्लन गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा कटुवाचौपारीका प्रतिनिधी सुरेशवहादुर पिसी, नेपाली काँग्रेस कटुवाचौपारीका खडानन्द पौडेल, लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेशवहादुर क्षेत्री, वडासदस्य विष्णुहरि पराजुलली, कुश्मा नगरपालिका महिला विकास शाखाकी कार्यक्रम अधिकृत डिलकुमारी शर्मा, नेपाल रेडक्रस सोसाईटी कटुवाचौपारी शाखाका सभापति डण्डापाणि शर्मा, समाजसेवी प्रेमनारायण अधिकारी, प्रेश सेन्टर पर्वतका अध्यक्ष राजबाबु पिसी, जेष्ठनागरिक भोलानाथ शर्मा, शेयर सदस्य संगिता लामिछाने अधिकारी, तारा पराजुली, ऋण समितिका संयोजक कमला अधिकारी पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सहकारीकी अध्यक्ष शोभा रिजाल ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष गंगाकुमारी शर्मा स्वागत मन्तव्य उपाध्याक्ष विष्णु विक र कार्यक्रमको संचालन सचिव गंगा अधिकारीले गर्नुभएको थियो । सहकारीमा हाल ३ सय ७० महिला आवद्ध छन् । सहकारीको २ लाख १७ हजार बचत र २३ लाख ३३ हजार ५ सय लगनी गरेको छ भने सेयर पुजी १५ लाख ७५ हजार रहेको छ ।
कुश्माा नगरवाट पा्राप्त महिला लक्षित वर्गको चार लाख ५ हजार रकम वचतमा जम्मा गरि व्इाज वाट सहकारीको क्षमता विकासमा लगानी गर्ने वताईएको छ।