२३ माघ

साजन परियार, पर्वत– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट नेपाल महिला पर्वतले माघ २६ गते सरकार विरुद्ध बृहत विरोध प्रर्दशन गर्ने भएको छ । नेपाल महिला संघ पर्वतले केन्द्रिय परिपत्र अनुसार विरोध कार्यक्रम गर्ने भएको हो । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै सरकारका कारण महिला माथि हिँसा बढ्दै गएको आरोप नेपाल महिला संघले लगाएको छ ।

माघ २६ गते हुने कार्यक्रमका लागि नेपाल महिला संघ पर्वतले जिल्लाका सात वटै स्थानिय तहका महिलाहरुलाई सडकमा उतार्ने भएको छ । सरकारका कारण महिला हिँसा बढ्दै गएको प्रति खेद व्यक्त गदै नेपाल महिला संघकी अध्यक्ष जैमाया प्रसाईले तानासाहि सरकारले गरेका अनैतिक कार्यको भण्डाफोर गर्ने बताउनु भयो । सरकारका कारण महिला हिँसा,भष्ट्राचार, मुल्य बृद्धिले गर्दा दशेको अर्थतन्त्रमा समेत धक्का पुगेको बताउँदै अब चुप लागेर नबस्ने अध्यक्ष प्रसाईको भनाई छ ।

साथै उहाँले आन्दोलनमा सहभागि हुन सम्पूर्ण महिलाहरुलाई आग्रह गर्नुभयो । महिलाहरु चुप लागेर बसेकै कारण मुलुकमा महिला माथि हिँसा बढ्दै गएको भन्दै महिलाहरुलाई सडकमा उत्रिन आह्वान गर्नुभयो । आन्दोलन शान्तिपुर्ण हुने उहाँको भनाई छ ।