१९ माघ
नेपाली काँग्रेको विद्यार्थी संगठन नेपाल विद्यार्थी (नेवि) संघका विद्यार्थीहरुले पोखरा महानगरले शिक्षा शाखालाई दिएको गाडीमाथि नै आगजनी गरेका छन् । शनिबार विहान पोखरा महानगरको बा१झ ५८७९ नम्बरको गाडी आगजनी विद्यार्थीले नै गरेको पुष्टि भएको हो ।
विसंघका ५ विद्यार्थी नेता पक्राउ
पोखरा महानगरको गाडीमा आगजनी गर्ने ५ जना काँग्रेस समर्थित नेवि संघका स्थानीय नेताहरु पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरु सबै आफ्नो संगठनका विद्यार्थीलाई नेतृत्व गर्ने हैसियतका छन् । नेविसंघ कार्यकर्ता परशुराम बस्नेत र लक्ष्मी प्रसाद पौडेल, नेवि संघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल, ला ग्राण्डि कलेज सभापति विनय पौडेल आगजनीमा संलग्न छन् ।
लेकसाइडमा रहेको होटल रिदमको कोठा नं. १०२ बाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट बा ५६प ३४८६ नं.को मोटरसाइकल, ग१४प १७२९ र ग८प १६८९ नं को स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जाजनकारी दिएको छ ।
जिम्मा नेवि संघले नै लियो
घटनापछि पोखरा महानगरको गाडी आगजनीको जिम्मा नेपाल विद्यार्थी संघले लियो । नेविसंघ पुर्व केन्द्रीय सदस्य सरोज केसीले गाडी आगजनी गरेको बताएका छन् । शनिबार देशभरका सरकारी गाडी चल्न नदिने पुर्व निर्धारित कार्यक्रम अनुसार नै गाडीमा आगजनी गरिएको उनले बताए । आज देशभरका सरकारी गाडी नेविसंघको निगरानीमा रहेको समेत उनले जनाएका छन् ।









