१८ माघ
पर्वत– जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको स्थानिय तहको समिक्षा गोष्ठीको आज राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले उद्धघाटन गर्नु भयो । अध्यक्ष तिमिल्सीनाले संघीय संसदको चालु हिउँदे अधिबेशनबाट स्थानिय तहका लागि आवश्यक सबै ऐन बन्ने आश्वासन दिदै त्यसपछि कामको गति बढाउन स्थानिय तहलाई आग्रह गर्नुभयो । उहाँले स्थानिय तहले आवधिक र दिर्घकालिन गूरुयोजना बनाएर अघि बढ्न सुझाब दिदै त्यसका आधारमा संघ र प्रदेश संग सहकार्य गर्दा धेरै राम्रा उपलब्धी हासिल गर्न सकिने सुझाब पनि दिनुभयो ।
उक्त समिक्षा गोष्ठिमा आपनो धारणा राख्दै कूश्मा नगरपालिका प्रमूख रामचन्द्र जोशीले संविधानमा उल्लेख भए अनुरुप स्थानिय सरकारले पूर्णरुपमा अधिकार प्रयोग गर्न पाउनू पर्ने धारणा राख्नू भयो । संविधानको मर्म अनूरुप स्थानिय तहको कार्यक्षेत्र भित्र पर्ने खारेज भएका विषयगत कार्यालयहरु स्वतह स्थानिय सरकारको मातहतमा आउनू पर्ने तर यहां विडम्वना समन्वय समितिले भागवण्डा लगाएर राखेको आरोप लगाउनू भयो । उहांले जिल्ला समन्वय समिति पर्वत संग पटक पटक कुश्मा नगरको कार्यालयलाई भाडाको घरवाट सरकारी भवनमा सार्नका लागी समन्वय गरेको तर समन्वय समितिले कूनै वास्ता नगरेको प्रति गुनासो गर्नु भयो ।
पर्वत जिल्ला समन्वय समितिका केहि भवन खालि भएका कारण पनि उक्त स्थानमा कूश्मा नगरको कार्यालय व्यवस्थापन गर्न लिखित र मौखिक आग्रह गर्दा पनि कूनै समन्वय र चासो नदिएकाले जिल्ला समन्वयले आयोजना गर्ने अवका कार्यक्रम वहिस्कार गर्ने चेतावनी दिनू भयो । समन्वय समितिको भूमिका प्रति नै प्रश्न चिन्ह खडा भएको आरोप लगाउनू भयो । जहां कर्मचारी छैनान् त्याहा भवन ओगटेर राखिएको छ जहां कर्मचारीहरु टेवूल कुर्चिविना जनतालाई सेवा प्रवाह गर्न खाली चौरमा वसेर फर्कन वाध्य छन् यस्तो अवस्थामा समन्वय नगर्ने समन्वय समितिको के काम भनि प्रति प्रश्न गर्नु भयो ।
स्थानिय सरकार संग समन्वय नै नगरी शिक्षा समन्वय प्राधिकरणले भुकम्प प्रवाहित विद्यालयहरु छनौट गरि अतिआवश्यक भवन निर्माण गर्नूपर्ने विद्यालयहरु छूटाएको प्रति आक्रोष पोख्दै नगर प्रमूख जोशीले यस्ता कार्यहरु नदोहोराउन सूझाव दिनू भयो ।
कार्यक्रमका अध्यक्ष एवं जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि पौडेलले कूश्मा नगरको समस्यालाई नजिक वाट हेरेकाले यथा शक्य कार्यालय व्यवस्थापनका लागी सहयोग गर्ने जानकारी गराउनू भयो । उहांले यथाशिघ्र आवश्यक समन्वय गरि नगरको माग वमोजिम जिल्ला समन्वय समितिमा कोठा व्यवस्थापन गर्ने वताउनू भयो ।
७ वटै स्थानिय तहका प्रमूख तथा उप प्रमूखहरुको उपस्थिति रहेको वार्षिक समिक्षा गोष्ठिको अध्यक्षता जिल्ला समन्य समिति पर्वतका संयोजक मनोहर वि पौडेलले गर्नु भएको थियो ।









