१४ माघ

विराटचोक – मोरङको सुन्दरहरैंचा नगरपालिका–११ सिसौघारीमा टिप्परको ठक्करबाट एक बालिकाको ज्यान गएपछि स्थिति तनावपूर्ण बनेको छ ।

स्थानीयको प्रदर्शनले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले अर्को आदेश जारी नभएसम्म यो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

विराटचोकबाट–विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिप्परले ठक्कर दिँदा सुन्दरहरैंचा– ११ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान गएको हो ।

दुर्घटनापछि स्थानीय वासिन्दाले ठक्कर दिनेटिप्परका साथै सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि आगजनि गरेका छन् ।

राटचौकबाट विराटनगरतर्फ जाँदै गरेको ट्रिपरको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय बालिका लक्ष्मी ढकाललाई ठक्कर दिएपछि विराटचौकबासीले ट्रिपरमा आगजनी गरेका छन् ।

विराटचौकबाट करिब २ किमी दक्षिणमा रहेको पुलचौकस्थित सो ट्रिपरले बालिकालाई ठक्कर दिँदा उक्त बालिकाको घटनास्थलमै मृत्यु भएको थियो । बालिकाको मृत्युपछि ठक्कर दिई भागेको ट्रिपर आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । त्यसपछि स्थानीयले सोही ठाँउमा गई उक्त ट्रिपरमा आगो लगाएका छन् ।

आक्रोशित स्थानीयले अहिलेसम्म सो स्थानमा आठ वटा ट्रिपर जलाइसकेका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले कर्फ्यू जारी गरेको विराटचौकस्थित रेडियो शुसेलीमा कार्यरत सञ्चारकर्मी जानुका घिमिरेले जानकारी दिएकी छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका सई महेन्द्र पराजुलीले जानकारी दिएका छन् । सोही ठाँउमा स्थानीयले घेरा हाली ट्रिपर जलाएपछि प्रहरी पुग्दासमेत आगलागी र भिड नियन्त्रण गर्न हम्मे परेको छ ।