१२ माघ
तनहू। मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर तनहुँमा गएराति एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–१ सेटाङका २० वर्षीया मीरा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहूले जनाएको छ ।
अबिरल वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।









