४ माघ
पर्वत कूश्मा । कूश्मा नगरपालिका वडा नं. १० स्थित वांके चौतरी पिपलटारी सडक कालोपत्रे हूने भएको छ । कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले उक्त सडकको अनूगमन गरि छिटो कार्य गर्न सूझाव दिनू भएको छ । मेयर जोशीले यस सडकको कालोपत्रे संगै पिपलटारी र ठूली पोखरी पूग्नका लागी सवै भन्दा छोटो सडक भएकाले अशक्त, विरामी,कलेज अध्ययान गर्ने विद्यार्थी किसानहरुलाई प्रत्यक्ष फाईदा पूग्ने वताउनू भयो । कूश्मा नगर भित्र टूक्रे योजनामा मात्र भएको,ठूला र दिगोरुपमा संचालन हूने योजना नभएको भन्ने गूनासा आईरहेको वेला यस्ता देखिने र प्रत्यक्ष जनताले फाईदा लिने कार्यमा यस सडक उदाहरण भएको नगर प्रमूख जोशीले वताउनूू भयो । कुश्मा नगर भित्र साविक शिवालयका वडा नं. ४,५ र ६ र कटूवाचौपारीमा शहरी विकास कार्यालयको सहयोगमा फूटपाथ सहितको सडक कालोपत्रे हूने कार्यको थालनी भईसकेको जानकारी समेत दिनू भयो ।


वांकेचौतारी गहते,पिपलटारी,ठूलीपोखरी पूग्ने सडकका लगाी कूश्मा नगरपालिकाले १५ लाख वजेट विनियोजन गरि उक्त सडकको पत्थर कटिड गरेर फराकिलो वनाएको कूश्मा नगरपालिका वडा नं. १० का अध्यक्ष सूजन विकले जानकारी दिनू भयो । शूरु स्टेपमा २०० मीटर फराकिलो तथा स्तरउन्नती गरि ८० मीटर ढलान गरिने भएता पनि क्रमागत रुपमा सवै सडक ढलान गरिने जानकारी दिदै अध्यक्ष विकले पिपलटारी र ठूली पोखरीका कृषि उपजहरु वजार सम्म पूयाउनका लागी सवैभन्दा छोटो सडक रहेको जानकारी दिनू भयो । उहांले यस सडकको कालोपत्रे संगै कम ढूवानीमा पिपलटारी र ठूली पोखरीका कृषि उत्पादनहरु वजारमा लगेर विक्री वितरण हूने भएकाले जानताको आयस्तरमा समेत वृद्धि हूने जानकारी दिनू भयो ।


उक्त सडक कूश्मा नगरपालिकाका असिष्टेन सव ईन्जिनियर पूरुषेत्तम सूवेदी, टे«ड यूनियन कांग्रेस पर्वतका अध्यक्ष सूरेन्द्र के सी,लोकतन्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादूर क्षेत्री वडा नं. ७ नेपाली कांग्रेसका सभापती सागर गिरी,निर्माण व्यवसायी भास्कर जोशी,सामाजिक परिचालक विदूर नेपाली लगायतले अनूगमनका गरेका थिए ।