३ माघ
पर्वत । वेनीबाट नारायणघाट हिडेको बस पर्वतको मालढुङ्गामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ । २५,३० जना यात्रूलिएर हिडेको घ १ ख ६१०८ नम्वरको वस दुर्घटनामा परेको हो । आज विहान भएको दुर्घटनामा धेरै यात्रूहरु घाइतेभएका छन् । घाईतेहरुको वाग्लुङ र पर्वतका जिल्ला अस्पतालहरुमा उपचारभइरहेको छ । बस मालढुङ्गाको माझी वस्तीमा सडक देखी ३०० मिटर तल खसेको थियो ।
सवै यात्रूहरुलाई उद्धार गरि पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्रर तिवारीले जानकारी दिनूभयो । उद्धार कार्यमा नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका थिए ।









