२६ पुस

पर्वत– पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँ बस्ने ७१ बर्षिय बृद्धालाई जवरजस्ती करणी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खानीगाउँकै ४५ बर्षिय नारायणप्रसाद कुवँर‘टुल्के’ रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घरमा एक्लै बस्दै आएकी बृद्धालाई डर त्रास देखाई पटक–पटक जवरजस्ती करणी गरेको पीडितको आफन्तले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरिक्षक भुवेश्वर तिवारीले जानकारी दिनुभयो ।

पक्राउ परेका कुवँरलाई जवरजस्ती करणी सम्वन्धी कसुर शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको तिवारीले बताउनु भयो ।