२४ पुस
काठमाडौंको कलंकीमा एक इन्जिनियर दम्पती हिटरमा जलेर ज्यान गुमाएको घटना सेलाउन नपाउँदै काठमाडौको टोखामा हिटरले एक घर जलेको छ । अनलाइन खबर डटकममा प्रकाशित समाचारअनुसार काठमाडौंको टोखा–११, भण्डारी टोलीमा आगो ताप्ने हिटर पड्किँदा आगलागी भएको छ ।
मंगलबार बिहान स्थानीय मुकुन्दराज घिमिरेको घरमा आगलागी भएको हो । आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन ।
काठमाडौं प्रहरी परिसरका अनुसार घरमा एक्कासि हिटर पड्किँदा आगलागी भएको थियो ।
घटनामा लत्ताकपडा, टीभी, ग्याँसचुसो लगायत जलेर करिब २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
जाडोमा हिटर, ग्यास गिजर लगायतका सामाग्रीहरुले प्रयोग गर्दा सावधानी अपनाउन जरुरी छ भने जाडो छल्न घरमा भित्र्याइएका यीनै सामाग्रीहरुले तपाइको ज्यान समेत लिन्छन्









