२२ पुस

अहिले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ रवि लामिछाने र इशा लामिछानको नितान्त व्यक्तिगत जिवनी । २ दिनअघि रवि लामिछानेकी पूर्वपत्नी इशा लामिछानेले चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेल र  रवि लामिछाने विवाह वन्धनमा बाँधिदैछन् भनेर सार्वजनिक गरिदिइन् त्योसँगै रविको एक विदेशी महिलासँगको सम्वन्धले एक बालक समेत भएको सार्वजनिक भयो । त्यसपछि रविले एक स्टाटस लेख्दै आफ्ना विगतका सम्पूर्ण कुराहरु राखेका थिए । त्यो सँगसँगै सिधा कुरा जनतासँग कार्यक्रममा पनि सबै कुरा बयान गरेका थिए । त्यसपछि इशाले २५ वर्ष लामो सम्वन्धका तीता मिठा क्षणहरु सार्वजनिक गरेकी थिइन ।

आफ्नो घरमा श्रीमती हुँदाहुँदै १० वटी महिलासँग श्रीमानले सम्वन्ध राख्छ भने को महिला डिप्रेसनको शिकार पर्दैन भन्ने आसयको समाचार प्रकाशित भएपछि रवि लामिछानेले इशा लामिछानको एक अज्ञात व्यक्तिसँगको गोप्य च्याट नै सार्वजनिक गरिदिएका छन् ।

युवक तस्विर र उनको नाम ब्लर गरिएको छ । च्याटको स्क्रिनसट हेर्दा युवक पनि श्रेष्ठ थरीकै हुन् ।

यस्तो छ उनको स्टाटस

ईज्जत लिलाम गर्ने मनशाय नहुदा नहुदैपनि अप्रिय र अपाच्य सामाग्रीहरु सार्वजनिक गर्न बाध्य भए।हिलो छ्यापा छ्याप गर्ने मनशाय मेरो अझैपनि थिएन । मैलेपनि बारम्बार श्रीमतिका प्रेमीहरु गनेर बस्न चाहिन। सबै कुरा पुराना हुन।यो तस्बिरपनि पुरानै हो, Renew गर्ने मन छैन तर आफैलाई घृणा गर्नु पर्ने उनको कथा जस्तो मेरो अतीत कदापि थिएन, छैन र हुदैनपनि।सानो उदाहरण नराखे, मलाई थोरै भएपनि बिश्वास गर्नेहरुको शिर झुक्छ।बाकी हेर्न चाहनेहरुले मलाई ब्यक्तिगत रुपमा भेट्नु होला।उनको कथा उनले भने जस्तै मात्र भए २ झापड हानेर फोटोपनि खिच्नु होला। म आज स्तरहिन मान्छे हुन बाध्य भए। यो भन्दा तल अब म जान चाहन्न।