१८ पुस
काठमाडाैं । घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका प्रमुख प्रशिक्षक सरिफा पन्तसहित दुईजना पाँच हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस रकम लिएको सूचनाका अधारमा पन्त र अर्का एकजना विचाैलिया खगेन्द्र बोहोरालाई पक्राउ गरेको हो ।









