१६ पुस
पर्वत कुश्मा नगरपालिका वडा न ६ वाट विशाल कुमाललाई लागु औषध सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतवाट प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले कुमाललाई पक्राउ गरेको हो । पक्राउ पछि निजको घरकोठा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा Nophin थान १ एम्पुल, Phenaragan १ एम्पुल, Diazepam १ एम्पुल र Nitroson १० ट्यावलेट फेला परेको प्रहरीले जनाएको छ ।
निजलाई उक्त लागु औषध सहित पक्राउ गरी आज पर्वत जिल्ला अदालतवाट ७ दिनको म्याद लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।









