१० पुस

विराटनगर । ओली सरकारलाई बिराटनगरबाट एकजना उपसचिवले कडा चुनौती दिएका छन् । विराटनगरबाट इटहरी सरुवा गरिएपछि आक्रोशित बनेका ती उपसचिवले सोमबार पत्रकार सम्मेलनै गरेर प्रधानमन्त्री, मन्त्री र सचिवलाई हाँक दिएका हुन् ।

आफूलाई भ्रष्टाचार गर्‍यो भन्ने आरोप लगाएर सुरुवा गरिएकोतर्फ संकेत गर्दै ती उपसचिवले घुस खाएको प्रमाणित गरेर देखाउन प्रधानमन्त्री ओली, श्रममन्त्री गोकर्ण विष्ट र सचिव महेश दाहाललाई समेत चुनौती दिए ।

४० वर्षे कर्मचारी जीवनमा अहिलेसम्म कसैसंग सम्झौता नगरेको दावी गर्ने संजेलले भनेका छन् – मेरो घरमा साइकलसमेत छैन मेरो एसिस्टेन्टको कार कसले किन्दियो ? केपी ओलीले किन्देको हो ? गोकर्ण विष्टले किन्देको हो ? त्यसको थाहा चाहियो ।’

उनले भने, ‘सरुवा गर्ने सचिव महेश दाहालले मलाई यसको जानकारी दिनुपर्यो ।’ उनले नेपाल बिग्रिनुको पछाडि कर्मचारीको हात रहेको र नेताले भ्रष्टाचार गरेको दावी गरेका छन् ।

कुनै कर्मचारीको सरुवा दुई वर्षपछि हुन्छ । त्यसअघि गर्नुपरे त्यसको कारण लेख्नुपर्छ उनले त्यो कारण पनि खोजेका छन् ।

उनले आफू विरुद्ध सबै लागेको बताएका छन् । उनले कर्मचारीदेखि लिएर उद्योगीसम्म आफू विरुद्ध लागेको स्पष्ट पारेका छन् ।

पछिल्लो समय दुई महिनाअघि श्रम कार्यालय विराटनगर सरुवा भएका सञ्जेलको सीप विकास तालिम केन्द्र इटहरीमा सरुवा भइसकेको छ ।

इमानदार संजेललाई यसरी सरुवा गरिरहँदा कसरी सुखी नेपाली समृद्ध नेपालको सपना कसरी  पूरा हुन्छ भन्दै हेल्लो सरकारमा समेत गुनासो पुगेको छ ।

के के भने संजेलले पत्रकार सम्मेलनमा ? भिडियोसहित