८ पुस
पर्वत । नेविसंघ फलेवास नगरपालिकाको संयोजकमा सन्तोष पाठक चयन भएका छन् । संयोजक चयन भएका पाठकले मेरोजिल्ला अनलाईसंग भनेका छन् ,‘ नेविसंघ हुँदै संगठन बिस्तार गर्ने योजनामा आफु लाँदै काँग्रेसको शिर ठाडो पार्छु ।
समितिको सह–संयोजकमा समील श्रेष्ठ, अमृता थापा रहनु भएको छ । त्यस्तै सचिवमा गोविन्द्र तिवारी, सह–सचिवमा रुपेश पौडेल, कोषाध्याक्षमा ज्याती सापकोटालाई चयन गरिएको छ । त्यस्तै समितिको सदस्यमा ज्याती सापकोटा, सन्दिप कुवँर, युवराज वि.क, सम्झाना सापकोटा, सुरेश वि.क, झरना श्रेष्ठ, राजु परियार, ऋतिका क्षेत्री, समिर पाठक, सुनिल चेपाङ, मन्जु भुषाल, शिशिर भुषाल चयन हुनुभएको नेपाल विद्यार्थी संघ पर्वतका उपाध्याक्ष तथा निर्वाचन संयोजक किशोर सुवेदीले जानकारी दिनुभयो ।
नेविसंघ नगर समिति चयन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले काँग्रेसीजनहरुमा भवनात्मक सम्बन्ध विकसित हुनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसमा नेविसंघ रचनात्मक शक्ति रहेकाले पार्टिलाई सुधार गर्न रचनात्मक सुझाव दिनुभयो । फलेवास नगरपालिकाका मेयर पदका प्रत्यासी समेत रहेका तिवारीले नगरवासीहरुलाई सन्तुष्ट हुने किसिमले नगरपालिकाले सेवा दिन नसकेको बताउनुभयो । उहाँले निकट देखि विकट सम्म समानान्तर विकास गर्न नगरकार्यपालिकालाई आग्रह गर्नुभयो । तिवारीले नगरपालिकाले निशुल्क रुपमा नगरवसको सुविधा दिनुपर्ने बताउनुभयो ।
नगरपालिकाको केन्द्र पायक ठाउँमा नरहेको र नगरवासीहरुले सहज रुपमा सवारी नपाउने भएकाले नगरवस सञ्चालन गर्नुको आवश्यकता रहेको बताउनुभएको हो । कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी जितवहादुर सुनार ‘शेरवहादुर’, पूर्व महासधवेशन प्रतिनिधी जितवहादुर नेपाली, नेपाली काँग्रेस फलेवास नगरपालिका संयोजक हिरामणि सापकोटा, नेपाल दलित संघका अध्यक्ष याम परियार‘शिव’,नेपाल शिक्षक संघका धनवहादुर थापा, नेपाल विद्यार्थी संघका नेता अचुत तिवारी, नेपाल तरुण दल फलेवास नगर समितिका अध्यक्ष दिनेश लामिछाने, जनप्रशासन क्याम्पसका स्ववियु सभापति पंकज सुवेदी, नेपाली काँग्रेस मुडिकुवाका सभापति पुनखर गौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संयोजक किशोर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा स्वागत मन्तव्य जिल्ला सदस्य सुनिल शर्मा र कार्यक्रमको संचालन चन्द्र शेखर तिवारीले गर्नुभएको थियो ।









