६ पुस
जलजला गाउँपालिका पर्वतले स्थानीय सरकार बनिसकेको २ बर्षको समयावधिसम्म काम गर्न नसकेको भन्ने सवालमा बिहिबार पाँचौं गाउँसाभाको आयोजना गरेको हो ।
गाउँपालिकाले पटक पटक टेण्डर आवहन गर्न खोज्दा प्रसासन,प्रहरी र समन्वय समितिले ९० हजार, १ लाख सम्मका टेण्डरलाई ५० हजार ४० हजार सम्ममा झारेको भन्दै चर्को बिरोध जनाएको छ । यसरी कम लागतमा झार्दा जलजलाका प्राकृतिक स्रोत साधनले प्रयाप्त मात्रमा समपत्ति आर्जन गर्न नसने भन्ने ठमाई छ ।
गाउँसभामा बोल्दै गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल‘रामकृष्णले’ अबको अन्तिम विकल्प पहिला संघिय सरकारमा जाने,समाधान नभए अदालत नै जाने बताएका छन् । उनले भने,‘प्रदेश सरकारले यसमा हामीलाई अप्ठीयारो पारेको छैन् । यहाँका स्थानीय स्तरका रहेका प्रसासन,प्रहरी र समन्वयले नै हामीलाई पटक पटक यातना दिदाँ काम गर्न सकेनौं । दिन रातीभर यहाँको कालिगण्डकी नदीमा प्रहरीले गस्ती खाटाएर अनुगमन गर्छ । पालिकामा रहेका प्राकृतिक स्रोतका साधनहरु पालिकाले नै प्रयोग गर्न नपाउँदा बिकास कसरी हुन्छ ? हामीले मापडण्ठ बनाउँ भन्दा पनि वास्ता हुँदैन उनले भने । फरक प्रसांगमा मल्ले यही अवस्था रहिरहे संघियता धरापमा पार्न अव आफुहरु नै लाग्ने उनले चेतावनी दिए ।
गाउँपालिकाको सभामा सवैवडाका वडाध्यक्ष लगायतले बोल्दै पालिकाको अधिकार प्रसासन,प्रहरी र समन्वय समितिले रोक्न खोज्नु आफ्नै खुट्टामा आफै बन्चरो हान्ने रहेको उनीहरुले बताए । सो कार्यक्रममा जलजलाका सुचना अधिकारी लिलाधर सुवेदी,प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारी लगायतले बोलेका थिए ।
गाउँकार्यपालिकाद्धारा चालु आर्थिक वर्षमा निर्माण गरेका कार्यविधिहरु गाउँसभाले पारित गरेको हो । न्यायिक समितिले उजुरीको कारवाही गर्दा अपनाउनुपर्ने कार्यविधि २०७५,घ बर्गको निर्माण व्यवसायी इजाजत सम्बन्धी कार्यविधि २०७५, सम्पत्ति तथा भूमि कर व्यवस्थापन कार्यन्वयन कार्यविधि २०७५,स्थानीय राजपत्र प्रकाशित कार्यविधि २०७५ गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले बताइन् ।









