४ पुस

काठमाडौं । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढमा एयरपोर्ट सिटी आवश्यक नभएको ठहर गरेको छ । एयरपोर्ट सिटीका छुट्याएको जग्गा आयोजनाको नाममा सुरक्षित राख्न सरकारलाई निर्देशन दिएको छ ।

सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलसँगै एयरपोर्ट सिटी बनाउने योजना अघि सारेको छ । विमानस्थलको डीपीआर नबन्दै सरकारले रुख काट्ने निर्णय गरेपछि आलोचना भएको थियो भने संसदीय समितिहरुले चासो देखाए ।