२ पुस

पर्वत । कर्मचारी समायोजन नियमावली–२०७४ मा निजामती कर्मचारीलाई विभेद् गरेको भन्दै देशव्यापी रुपमा नेपाल निजामति कर्मचारी युनियन संघले बिरोध जनाएको छ ।

बिरोध गर्दै देशभर नेपालनिजामति कर्मचारी युनियन संघका कार्यावाहक अध्यक्ष यम प्रसाद शर्माद्धाराजारी विज्ञप्ती प्रमुखजिल्ला अधिकारी गुरुदत्त ढकालमार्फत सरकारलाई बुझाएको हो।

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सामान्य प्रशासन मन्त्रालयले तयार पारेको कर्मचारी समायोजन नियमावली–२०७४ पारीत नभई लागु गरेको,कार्यालय सहयोगी देखि विशिष्ट श्रेणी सम्मका कर्मचारीलाई समायोजा गर्नुपर्नेमा राजपत्राङ्कित प्रथम श्रेणी म्मि मात्र समायोजन गर्न व्यवस्था बनाएको,शैक्षिक आधारमा वढुवा गर्ने प्रावधान लागु नगरेको जस्ता बिषयहरुमा नेपाल निजामती कर्मचारीय युनियन संघले आपत्ति जनाएको छ ।

बिज्ञप्ती कावा अध्यक्ष यम शर्माले प्रमुखजिल्ला अधिकारी गुरुदत्त ढकाललाई बुझाउँदै समायोजन प्रक्रिया सहजरुपमा नभए देश व्यापीरुपमा नेपाल निजामतिकर्मचारी युनियन संघले आन्दोलनगर्ने चेतावनी दिएको छ ।