२८ मंसीर
पाल्पा । सूत्केरी लिएर गएको जिप दुर्घटना भएको छ । मृत्यु हुनेमा चालक वर्ष २० का विरेन्द्र राना, वर्ष ४४ की यानीसरा गाहा, वर्ष २३ की कुनीसरा रुचाल, ७१ वर्षका रेवत बहादुर जिसी र ४१ वर्षकी भुमीकुमारी दर्मामी रहेका छन् ।

मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् । सुत्केरी दर्मामीको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । तीन दिनको बच्चा भने सकुशल नै रहेको अस्पतालले जनाएको छ ।

रातिको समयमा साँघुरो र अप्ठेरो बाटोमा खरायोलाई पिछा गर्नेक्रममा भित्तामा ठोकिएर दुर्घटना भएको घाइतेलाई उधृत गर्दै स्थानीय एवम वडा अध्यक्ष निरबहादुर सारुले जानकारी दिए ।

जिप करिब ३ सय मिटर तल खोचमा खसेको छ । तानसेनबाट जल्पा हुँदै माथागढीको बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप राति ८ बजेतिर दुर्घटनामा परेको थियो ।

घाइते ३ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाईते हुनेहरुमा माथागढी ८ का सान्त बहादुर रुचाल,सुरेन्द्र मश्राङ्गी र  देव सिंह राना रहेका छन्।