२४ मंसिर
सचिन्द्र श्रेष्ठ, बागलुङ, विश्व मानव अधिकार दिवसकाे अवसरमा लैङ्गिक हिंसा बिरुद्द १६ दिने अभियान बागलुङ जिल्लाकाे जैमिनि नगरपालिकामा रयाली तथा अन्तरक्रिया सम्पन्न भयाे। कार्यक्रममा बागलुङ जिल्लामा हिंसा र हिंसात्मक घटनाहरु बढेकाे तर यसकाे लागि उल्लेखनिय काम हुन नसकेकाे सहभागीहरुले बताए। कार्यक्रममा बाेल्दै जैमिनि नगरपालिका प्रमुख ईन्द्रराज पाैडेल र उप प्रमुख लिला रानाले मानव अधिकार सुनिश्चित गर्न अाधा धर्ति अाेगटेका महिलाहरु माथि हुने हिंसा अन्त्य गर्न सबै लागि पर्नु पर्ने बताउनु भयाे।
प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्माले कसैले पनि हिंसा नगर्ने र हिंसा नसहन अाब्हान गर्नु भयाे। उक्त कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा महिला रक्षक रुद्रा के. सि. ले कार्यपत्र प्रश्तुत गर्नु भएको र महिला मानव अधिकार रक्षक बागलुङका कार्यकारी सचिब ज्ञानु थापा मगरले कार्यपत्र माथि टिप्पणि गर्दै सबै सहभागिहरुकाे जिज्ञासालाई स्पष्ट पार्नु भएकाे थियाे।
कार्यक्रममा सिवाईसि नेपाल, सामुदायिक बन उपभाेक्ता महासंघ, जैमिनि नगरपालिका, वडा कार्यालयहरु, सुभेक्षा एफ एम, सत्कर्म नेपाल लगायत स्थानिय नागरीक समाजका अगुवाहरुकाे सहभागिता रहेकाे थियाे।









