काठमाडौं । नेपालकी छोरी श्रृखला खतिवडा मिस वर्ल्डको उपाधि नजिक पुगेर बाहिरिएकी छिन् । सबैलाई स्तब्ध पार्दै टप १२ मा पुगेकी उनी टप ५ को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।
उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो ।
त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।









