२१ मंसीर
पर्वत । आज प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएको एक बर्ष वितेको अवसरमा संघिय सांसदका सदस्य पदम गिरीले आफूूले एक वर्षमा गरेका कार्यहरुको पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेका छन् । देशमा नयाँ संविधान जारी भए पश्चात भएको संघ र प्रदेश सभाको निर्वाचन पश्चात एक बर्षमा भएका उपलब्धि सार्वाजनिक गर्दै १६ वटा मौलिक हक व्यवस्थापन गर्ने ऐन निर्माण गरेको,संसदमा महत्वपूर्ण विषयमा सरकारको ध्यानआकर्षण गराएको,पर्वत जिल्लाको समग्र विकासका लागी कार्य गरेको वताएका थिए ।
पर्वतमा धेरै सडकहरु निर्माण भए पनि हालसम्म कुनै पनि ग्रामीण सडकहरु कालोपत्रे नभएकाले सदरमूकाम कूश्मा वजार देखी ७ वटै पालिकामा जाने मूख्य,मूख्य सडकहरु कालोपत्रे गर्ने गरि कार्य थालनी गरेको जानकारी दिए । सडक कालोपत्रे, एक घर एक धारा, सिंचाई र कृषि क्षेत्रको विकास, पर्यटन र खेलकुद आफ्नो मुख्य प्राथमिकतामा क्षेत्रहरु रहेको भन्दै गिरीले यी सवै क्षेत्रमा आफ्नो कार्यकाल भरी देखिने गरी उपलब्धि हासिल हुने दावी गरे ।
सांसद विकासकोषको चार करोड रकम पनि देखिने गरि कालोपत्रे गर्ने सडकमा विनियोजन गरेको जानकारी दिए । स्थानीय तहहरु संग समन्वय गेरर शिक्षा, स्वास्थ्य र रोजगार सृजनामा सहयोग गर्ने , प्रदेश र संघिय सरकारले ठूला र उपलब्धि देखिने विकासका कामहरुमा सहयोग गर्ने समेत उनले बताए । ‘निर्वाचनको बेला बोलेका कूराहरुलाई स्मरण गर्दै सांसद गिरीले भने–‘जिल्लाका मुख्य मुख्य सडक कालोपत्रे गर्ने प्रतिबद्धता पुरा गरेरै छाड्ने देहोराए ।’ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तत्कालीन बामगठन्धनको तर्फबाट साझा एजेण्डा र घोषणा पत्र मार्फत आफूहरु जनतासंग मत मागेको स्मरण गर्दै ति प्रतिबद्धताहरु पुरा गर्न प्रदेश सरकार र संघिय सरकार संवेदनशिल रहेको गिरीले बताए ।
सांसद गिरीले वारीवेनी–बगरफाँट–बाँसखर्क सडक, दोविल्ला–सिल्मी–ठुलिपोखरी सडक, पातिचौर–देउपुर–लप्सिबोट सडक, डिमुवा–तिलाहार–राम्जादेउराली सडक र अर्मादी–खुर्कोट–बनौ सडक निर्माणको चरणमा गईसकेकाले केहि बर्षमा यी सडक पुरा हुने विश्वास दिलाए । वजेटको सूनिश्चीतता नगरी ठेक्का खूलाएका सडकहरु हाल कामको गति नलिए पनि त्यस्ता सडकहरुलाई पनि पूरा गर्न जोड दिने धारणा राखे ।
उनले प्रदेश सभा क्षेत्र न २ अन्तर्गत रहेका लमायखोला–लुंखु सडक, मु्डिकुवा–लमायखोला सडक समेत निर्माणकै चरणमा रहेको भन्दै प्रदेश सभा क्षेत्र न २ मा बाँकी सडकहरु समेत कालोपत्रेको चरणमा छिट्टै लगिने स्पष्ट पारे ।
सांसद गिरीले क्षेत्र न १ अन्तर्गत रहेका वारीवेनी–माझफाँट–लेकफाँट सडक, मिलन चोक–लेकफाँट–शालीजा सडक, मिलनचोक–धाइरिङ सडक कुश्मा–दुर्लुङ–क्याङ–सडक, सहस्रधारा–तार ततरकोट– बनौ सडक, पातिचौर–बाजुङ–क्याङ सडक, साइकलचोक–ठुलिपोखरी–खौला सडक, दोविल्ला–पकुवा–गगटे–आर्थर सडक कालोपत्रेको चरणमा लैजान प्रदेश र संघिय सरकारमा आफूहरुले पहल गरीहेको समेत जानकारी दिए ।
यसैगरी सांसद गिरीले क्षेत्र न २ अन्तर्गतका चिसापानी–हातेमालो चोक–बर्राचौर सडक, लुंखु–पाखापानी–भोर्ले–हुवास सडक कार्किकेटा–थापाठाना–शंकरपोखरी–खानीगाउँ–जैमिनी सडक दोविल्ला–फलेवास ढिक सडक, लुंखु मिलनचोक–बालाकोट–होश्राङदी सडकलाई पनि आफूहरुको कार्यकालमा कालोपत्रे जसरी पनि गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे । संघ र प्रदेशको प्राथमिकतामा राखिएका यी मुख्य सडकहरु कालोपत्रे हुनेमा उनले विश्वास दिलाए ।









