२० मंसीर
काठमाण्डौ , मानिसको जिब्रोको औषत लम्बाइ कति होला, जिब्रोको फेँददेखि टुप्पोसम्म नाप्ने हो भने १० सेन्टिमिटर औषतमा , तर मुख बाहिर निकाल्ने हो भने बाहिर निस्किने भागको लम्बाइ ३९४ सेन्टिमिटर मात्र हुन्छ ।
तर अमेरिकाका एक युवकले आफ्नो मुख बाहिर जिब्रो निकाल्दा बाहिर निस्किने भागको लम्बाइ नै १० सेन्टिमिटर भन्दा बढि छ । उनको रेकर्ड तोड्ने दाबी गरेका छन् ।
हो, पूर्व उर्लाबारीका इकुले पनि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउंने भएक छन् । नेपालमा भाईरल भएका ईकु यतिबेला विश्वभर चर्चाकको केन्द्रमा छन् । नेपालमा राम्रो प्रशंसा कमाएक इकुलाई थुप्रै विदशी मडियाले पछ्छाएका छन् ।
पूर्वका ‘इकु’ नामले परिचित यज्ञ बहादुर कटुवाल एक फरक खालको प्रतिभा भएको व्यक्ति हुन् । झट्ट हेर्दा अलि फरक लाग्ने खालको शारीरिक बनावट भएका कटुवाल सँग जिब्रोले निधार छुने, अनुहार कच्याक-कुचुक बनाउनेदेखि लिएर अन्य प्रतिभाहरु पनि रहेका छन् । पूर्व मोरङ उर्लाबारीका २७ बर्षीय कटुवाल ३ कक्षासम्म मात्र पढेका छन् ।
कमजोर पारिबारिक अबस्था साथै शारीरिक समस्याका कारण आफुले पढ्न नपाएको बताउँछन् । उनीमा अचम्मको प्रतिभा संगै हसिलो रुपमा कुराकानी गर्ने सकारात्मक बानि समेत रहेको छ ।बिगत केहि महिना अघि देखि सामाजिक संजालहरुमा निकै छाएका कटुवाल केहि दिन अगाडी काठमाडौं आएका छन् ।
काठमाडौँ आए संगै विभिन्न मिडियाहरु अन्तरबार्ता समेत दिई रहेका कटुवाल आफुलाई ‘भद्रगोल’ खेल्न काठमाडौं आएको बताएका छन् । केहि म्युजिक भिडियो समेत खेलीसकेका कटुवाल आफुसँग,अरुसँग कोही सँग पनि नाभाएको फरक खालको प्रतिभा भएकाले राम्रो कलाकार बनेर पैसा कमाउने चाहना रहेको बताएका छन् । अभिनेताहरु राजेश हमाल र बिराज भट्ट मन पर्ने बताउने कटुवाल बाबु बिमारी हुनु भएकाले राजधानी बसेर पैसा कमाएर उपचार गर्ने मन भएको बताएका छन् ।









