१४ मंसीर
नेपाल विद्यार्थी संघ गुप्तेश्वर इकाई कार्यसमितिको आयोजनामा बाल ज्योती प्रा बि मा शैक्षिक सामग्री र न्यानो कपडा जुत्ता जुराप बितरण गरेको छ। ने बि संघ गुप्तेश्वर इकाई अध्यक्ष तथा जिल्ला सदस्य शिसिर शर्मा पौडेलको अध्यक्ष मा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका महासमिति सदस्यगंगाधर तिवारी रहनु भएको थियो । कार्यक्रममा बोल्दै तिवारिले पिछडिएका बर्गका विद्यार्थीलाई शैक्षिक क्षेत्रमा योगदान गर्न ने बि संघको सहयोगले राहत पुग्ने बताउनुभएको थियो र आफुले ५१,५५५ ९एकाउन्न हजार पाच सय पचपन्न समेत ० को बसन्धरी खगेश्वरी अक्षयकोष स्थापना समेत गर्नु भएको छ । लगनशिल मेहनती निम्न बर्गको विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यका साथ अक्षयकोषको स्थापना गररको उक्त कायृक्रममा जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष शिशिर शर्मा दलित तथा विपन्न विद्यार्थी हरूलाई एउटा विद्यालयमा गएर पढ्ने हौसला बढाउनका लागि शैक्षिक सामाग्री वितरण गरेको बताउनु भयो साथै उहांले जिल्लाका गाउपालिका तथा नगरपालिका भित्रका सम्पुर्ण विद्यालयमा दलित तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उदेश्य रहृको बताउनू भयो । त्यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेस नेत्री रेखा गुरुङ, फलेबास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष अर्जुन कार्की, , नेपाल टेर्ड युनियन काङ्ग्रेस पर्बतका अध्यक्ष सुरेन्द्र केशी, स्रोत ब्यक्ती भरत शर्मा लम्साल, ने बि संघ पर्बतका का ब अध्यक्ष किशोर सुबेदी, नेपाल दलित संघ पर्बत अध्यक्ष याम परियार शिब बिद्यालय ब्याबस्थापन आमितिका अध्यक्ष कृष्ण ब बिक, समाजसेबी कुल ब बिक,सुक्र ब बिक हिमलाल सुनार लगाएतले बोल्नु भएको थियो । स्वागत मन्तब्य बिद्यालयका प्रधानध्यापक हरि प्र तिवारिअले राख्नु भएको थियो भने धन्यवाद मन्तव्य नेपाल तरुण दल फलेबासका उपाध्यक्ष कार्यक्रम संयोजक सरोज खनालले राख्नु भएको थियो १ बिद्यालयमा विद्यार्थीले आफ्नो प्रतिभा निर्ते प्रस्तुत गरेका थिए भने कार्यक्रमको सचालन ने बि संघ सचिव तथा स्ववियु का।ब अध्यक्ष सन्तोष पाठकले गर्नुभएको थियो ।