बालाजुस्थित स्वस्तीका गेष्टहाउस सञ्चालक पर्वतका प्रविण कुवँरका ८ वर्षीय छोरा प्रयास कुँवरकोसोही गेष्टहाउसको गाडी चलाउने ड्राइभर स्याङ्जा भिरकोटका महेन्द्र कार्कीले अपहरणपछि हत्या गरेको अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

महाशाखा प्रमुख सिंहका अनुसार बालकको शव बिहीबार बालाजुकै मैपीस्थित मित्रनगरको एक कल्र्भटमा फालेको अवस्थामा भेटिएको हो ।

प्रहरीले बालक अपहरणमा संलग्न कार्कीलाई बिहीबारै पक्राउ गरी आवाश्यक कारावाही प्रकृया अघि बढाउको जनाएको छ ।