११ मंसीर

चितवन । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कांग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घ चितवन शाखाले सोमबार यहाँ आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले कांग्रेस बलियो बनाउन सबै जुट्नुपर्ने बताए ।

चुनावमा हार्दैमा निराश हुनु नपर्ने भन्दै उनले सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए । कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने उनको भनाइ थियो । उनले कांग्रेसले प्रतिपक्षमा रहेर संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने बताए । उनले भने, “सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ, सङ्घीयता नचले संविधान पनि सँगै जान्छ ।”