१० मंसीर
काठमाडौं-युनिभर्सल पिस फेडेरेसन, नेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीको आयोजनामा हुने ‘एसियन प्यासिफिक समिट २०१८’ को सह–आयोजकबाट नेपाल सरकार पछि हटेको छ।
मंसिर १४ गते देखि १७ गतेसम्म काठमाडौँमा आयोजना हुने कार्यक्रममा यसअघि सरकार सह-आयोजकको भूमिकामा थियो भने अब सरकार सहयोगीको भूमिकामा मात्रै रहने भएको हो।
युनाइटेड पिस फेडेरेसनलाई नेपालभित्र इसाई धर्म प्रचारप्रसार गरेको आरोप लाग्दै आएको छ । यस्तो संस्थाको आयोजनामा हुने कार्यक्रममा सरकार सह-आयोजक भएको भन्दै त्यसको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको हो।
प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक कार्यक्रम आयोजना गर्दै विवादित संस्थाको आयोजनामा हुने कार्यक्रममा सरकार सह-आयोजक हुनु दु:खद भएको बताउँदै त्यसको विरोध गरेका थिए। कार्यक्रमको एक आयोजकमध्ये एसियन पोलिटिकल पार्टीमा कांग्रेस लगायत नेपालका सबै प्रमुख राजनीतिक पार्टी सदस्य रहेका छन्।
शान्ति र विकासका लागि अन्तरधार्मिक अभियान नेपालले युनिभर्सल पिस फेडरेसनले नेपाल सरकार, संघीय संसद आइक्याप, आइएपिपी लगायत संघ संस्था लगायतको सहकार्यमा काठमाडौंमा आयोजनामा गर्ने कार्यक्रममा आफनो संस्थाको समर्थन रहेको बताएको छ।









