९ मंसीर
पर्वत । शिवालय खानेपानी उपभोत्ता तथा सरसफाई संस्थाको १५ औं बार्षिक साधरणसभा शनिबार कुश्मामा सम्पन्न भएको छ ।
साधारणसभाको उद्धघाटन गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले खानेपानीको पहुँच हरेक घरघरमा पु-याउन संस्थाले खेलेको भुमिकाको सवैले प्रसंसा गर्नुपर्ने बताए ।
उनले कुश्मा नगरापलिका वडा नम्बर ४,५,६ र ७ मा खानेपानी उपभोत्ता तथा सरसफाई संस्थाको स्थापना भए झै नगरका सवै वडाहरुमा खानेपानी उपभोत्ता तथा सरसफाई संस्था स्थापना गर्न आवश्यक रहेको बताए । मेयर जोशीले नगरपालिकाले नगरभित्रका सवै वडा संग समन्वय गरेर हरेक घरधुरीमा खानेपानीको पहुँच बिस्तार गर्न लागेको बताउँदै धेरै वडाहरुमा हालै सर्वे समेत भइसकेको बताए । कार्यक्रमका बिशिष्ट अतिथी उपप्रमुख सीता काफ्ले लामिछानेले कुश्मा नगरपालिकाले नगरका वडाहरु मध्यका ४,५,६ र ७ मात्रै खानेपानी उपभोत्ता समिति बिस्तार गर्ने मात्र नभई अन्य वडाहरुमा उपभोत्ता समिति बिस्तार भएमा खानेपानीको सहज पहुँच बिस्तारमा महत्वपूर्ण टेवा पुग्ने भनाई राखिन् ।
सो अबसरमा संस्थाको बार्षिक प्रतिवेदन शिवालय खानेपानी उपभोत्ता तथा सरसफाई संस्थाका अध्यक्ष बाबुराम जोशीले प्रस्तुत गरेका थिए । आथिर्क प्रतिवेदन संस्थाका कोषाध्यक्ष हरिनारयण उपाध्यायले गरेका थिए । साधारणसभा पछि भएको बन्द सत्रमा शिवालय खानेपानी संस्थाका उपभोत्ताहरुले विगतका कार्यक्रम सहित आगामी कार्यक्रमहरुलाई अुनुमोदन गरेका थिए ।
शिवालय खानेपानी उपभोत्ता तथा सरसफाई संस्थाले कुल २ हजार ४ सय १२ घरधुरीमा खानेपानी बितरण गरेको छ । संस्थाले खानेपानी संकलन गर्न टियाङकी समेत निमार्ण गर्न लागेको छ । टियाङकी निमार्ण गर्न कुश्मा नगरपालिकाले ५ लाख र अन्य ४,५,६ र ७ वडाहरुले १\१ लाख विजियोजन गर्न यस अखि नै जनाई सकेका थिए । शिवालय खानेपानी उपभोत्ता तथा सरसफाई संस्थाका अध्यक्ष बाबुराम जोशीको सभापतित्व समपन्न भएको साधरणसभाको सञ्चालन संस्थाका सचिव रबि कुमार श्रेष्ठले गरेका थिए ।









