६ मंसीर
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाकै अगाडि बुधबार जनयुद्धका घाइते कुलप्रसाद भट्टराई ‘कुसुम’ ले विष सेवन गरेका छन् । गृहमन्त्री थापालाई भेट्न बुधबार गृहमन्त्रालयमै पुगेका कुसुमले दिउँसो ३ बजेतिर विष सेवन गरेका हुन् ।
कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–६ स्थायी घर भएका कुसमको शरीरका विभिन्न भागमा गोली र छर्रा समेत रहेका छन् । उनीलाई अयोग्य घोषित गर्दै ब्यारेकबाट घर फर्काइएको थियो ।
बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य समेत रहेका कुसुमले उपचारको लागि सरकारसँग पटकपटक आग्रह गरेका थिए । तर, कुनै सुनुवाई भएको थिएन । संगठनले बहिर्गमित जनमुक्ति सेनको उपचारको लागि सरकारसँग माग राख्दै लामो समयदेखि संघर्ष छ तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।
बहिर्गमिन जनमुक्ति सेना नेपालका केन्द्रीय महासचिव राजन थापा ‘सुवास’का अनुसार बुधबार पनि कुसुमले गृहमन्त्रीसँग कुसुमले आफ्नो उपचारको लागि आग्रह गरेका थिए । तर, फेरि आश्वासन मात्रै पाएपछि मन्त्रालयभित्रै गृहमन्त्रीकै अगाडि खल्तीबाट विष निकालेर सेवन गरेका थिए ।
विष सेवनबाट घाइते कुसुमलाई तत्काल वीर अस्पतालको इमरजेन्सीमा भर्ना गरिएको तर आईसियु खाली नभएकोले महाराजगंजस्थित प्रहरी अस्तापल भर्ना गरिएको छ । इमर्जेन्सीमा डा नविन चौधरीले हेरका थिए भने आइसियुमा डा. सक्षम केसीको टोलीले हेरिरहेको छ ।
बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष केवी रम्तेल ‘सम्राट’ जनयुद्ध लडेको योद्धा उपचार नपाएर विष सेवन गर्नुपर्ने अवस्था दुःखद् भएको बताए । उनले जसको रगतले नेताहरुलाई राज्य संचालनमा पुगे तर उनीहरुले नै जनयुद्धका घाइतेलाई बेवास्ता भएको भन्दै दुःख व्यक्त गरे ।
कुसुमले आत्महत्या गर्ने उद्देश्यले नै विष सेवन गरेको उनका सहकर्मीहरु बताउँछन् । उनका स्वास्थ्य अवस्था कमजोर हुँदै गएपनि उपचार हुन सकेको थिएन । उपचार संलग्न चिकित्सकका अनुसार कुसुमको स्वस्थ्य अवस्था विस्तारै सुधार भइरहेको छ ।









