सचिन्द्र श्रेष्ठ ए-प्लास्टिक एनिमियाबाट ग्रसित नेपाल पत्रकार महासंघ बागलुङका कोषध्यक्ष एवं नागरीक संजालका सदस्य विजय रानाको उपचारको लागि साझेदारी नागरिक संजाल बागलुङले संकलित रकम एक समाराेह बिच हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बाेल्ने अधिकांस बक्ताहरुले सामाजिक सेवाकाे भाब र मानवताकाे लागि अभियान्ता सीताराम थापाकाे नेतृत्वमा भएकाे याे कदमकाे मुक्त कण्ठले प्रशंसा गरे। संकलित रकम रु. ३ लाख ६५ हजार १ सय ७६ रुपैया आईतबार थापाले नागरीक संजाल बिच हस्तान्तरण गरे ।
साझेदारी नागरिक सञजालले सचिवालय, सत्कर्म नेपाल तथा मानव अधिकारवादी युवाहरुकाे सहयाेगार्थ अवरात्र घरदैलाे, विद्यालय, सहकारीमा दुई महिना अभियान निरन्तर खटेर रकम जम्मा गरिएको साझेदारी नागरीक संजालका संयाेजक यवं अभियन्ता सिताराम थापाले बताए । रानाको उपचारको बिजय राना बचाउ अभियान राहात पुर्याउने निस्वार्थ सेवाका लागि सिताराम थापाकाे नेतृत्वमा अभियान संचालन गरेकोे अधिवक्ता एवं नागरिक समाज संयाेजक काजिगाउँ श्रेष्ठले जानकारी दिए । समस्यामा परेका व्यक्तिहरुको सहयोगमा लाग्ने मानवीय दायित्व पुरा गरेकाे जनजाति महासंघ पुर्व अध्यक्ष महेश चन्द्र प्रधानले बताए।
कार्यक्रममा मानव अधिकार तथा शान्ती समाजका अध्यक्ष राजेन्द्र पौडेल, महिला मानव अधिकार रक्षक संजालका कार्यकारी सचिब ज्ञानु थापा मगर, शिक्षक सुवास पाैडेल लगायतका ले बोलेका थिए। रानाले यस्तै सहयाेग बाट काठमाण्डौ स्थित सिभिल अस्पतालमा उपचार पश्चात अहिले घरमा औषधी सेवन गरी आराम गरि रहेका छन् ।
रानाको उपचारमा हालसम्म ४० लाख खर्च भैसकेको छ । अाफ्नाे प्रयासमा उपचार सम्भव नभएर सबैकाे यस्तै सहयोगले उपचार सफल भएकोले आफुले नयाँ जीवन प्राप्त गरेको बिजय रानाले बताए । हाल एक हप्तामा ८२ हजार रुपैयाँ बराबरको औषधी खाईरहेकोले सहयोग गर्ने र रकम उठाउन लागि पर्नेलाई धन्यवाद ज्ञापन गरेका थिए । सो कार्यक्रमको संचालन साझेदारी नागरीक संजालका सचिवालय सदस्य एवं सत्कर्म नेपालका अभियान्ता श्रीकृष्ण पौडेलले गरेका थिए ।








