मंसिर १, पर्वत । नेपाली काँग्रेसका क्रियाशिल सदस्य एवम् समाजसेवी क्षेत्रवहादुर क्षेत्रीकी धर्मपत्नी स्वर्गिय भद्रकली क्षेत्रीको १३ औँ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस वडा समन्वय समिति परिवार कुश्मा नगरपालिका–२ खुर्कोटको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका पूर्व सभापति एवम् नेपाली काँग्रेस पर्वतका नेता नवराज गुरुङले स्वर्गिय भद्रकली क्षेत्रीको निधनले पार्टी अपूरणिय क्षती पुगेको बताउनु भयो । भद्रकली प्रजातन्त्र र लोकतन्त्रका लागि सहयोग पु-याउने व्यक्ति भएको बताउँदै खुर्कोटको विकास भएमात्र क्षेत्रीको आत्मले शान्ति पाउने बताउनु भयो । नेता गुरुङले काँग्रेस भित्र सुधारको आवश्यकता रहेको औल्याउँदै काँग्रेसले काँग्रेस चिन्न नसक्दा पार्टीमा संकट उत्पन्न भएको बताउनु भयो ।
काँग्रेसले हिजो गल्ती गरेकै कारण आज यो अवस्थामा आएको गुरुङको भनाई छ । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य बसन्त सिकेले स्वर्गिय क्षेत्रीको स्वार्गवासको कामना गदै प्रजातन्त्र र लोकतन्त्रका लागि लड्ने व्यक्ति सधै अमर रहने बताउनु भयो । नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य सरस्वती शर्मा ‘जिज्ञासू’ले काँग्रेस सबैको साझा संस्था भएकाले काँग्रेस मिल्नुको विकल्प नरहेको बताउनु भयो । कार्यक्रममा परिवारको तर्फवाट छविलाल पौडेलले शोक मन्तव्य राख्नुभएको थियो । नेपाली काँग्रेस वडा समन्वय समितिका संयोजक कालीभक्त शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन यज्ञ बास्तोलाले गर्नुभएको थियो ।








