२६ कार्तिक
पर्वत– नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पर्वतको सदरमुकाम कुश्मामा बजारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । आज नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका सभापति शिशिर शर्मा पौडेलको अगुवाईमा कुश्माको लोकतान्त्रिक चोकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
काभ्रे मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकालले कुकुर पुजाको दिन समाजिक सञ्जालमा प्रधानममन्त्री ओलीको विरोधमा कुकुरसँग जोडेर पोष्ट गरेको तस्विर र स्टाटस्का कारण उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
सरकारले निर्दोष विद्यार्थीमाथि अनावश्यक अभियोग चलाएको र लोकतन्त्रमा वाक स्वतन्त्रत्रामाथि बन्देज लगाउन खोजेको भन्दै नेविसंघले पक्राउ परेका विद्यार्थी नेतालाई रिहाईको माग गरेको छ । मंगलबार नेविसंघले ७७ वटै जिल्लामा दुईघण्टा चक्काजाम गरेको छ ।








