पर्वत । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एंव लौह पुरुष गणेशमान श्रेष्ठकोजन्मजयन्ती पर्वतमा मनाईएको छ । नेपाली काँग्रेसका संस्थापक नेता समेत रहेका श्रेष्ठको १ सय ३ औँ जन्मजयन्तीकोअवसरमा नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसले शैक्षिक सामग्री वितरण गरेर मनाएको हो ।
संघले पर्वतको फलेवास नगरपालिका११ पाङराङमा अवस्थित चण्डिका प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाईशैक्षिक सामग्री वितरण गरेको जनाएको छ । पदप्रति स्वार्थ नभएका, सधै मुलुक र जनताकाप्रति समर्षित भएका नेता गणेशमानसिँहले देखाएको बाटोमा लाग्ने सन्देश दिनका लागि शैक्षिक सामग्री वितरण गरिएको विद्यार्थी नेता सन्तोष पाठकललेजानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य तथा शहिद पुत्र गंगाधर तिवारीले गणेशमान सिँह त्याग र वलिदानकोप्रतिमुर्ति भएको बताउँदै उनले देखाएको बाटोमा नेपाली काँग्रेस हिड्नुपर्नेमा जोड दिनुभयो । उहाँले काँग्रेसमा भएका गल्तीकमजोरीलाई सुधार गदै अव संगठन विस्तारमा लाग्न सुझाव दिनुभयो । फलेवास नगरपालिकाका मेयरका प्रत्यासी समेत रहेकातिवारीले फलेवास नगरपालिकाले नागरिकले अपनत्व हुनेगरि काम गर्न नसकेको जिकिर गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी तथा पाङराङका वडाध्यक्ष जितवहादुर सुनार ‘शेरवहादुर’ले यसरी शैक्षिकसामग्री वितरण गर्दा विद्यार्थीलाई हौसला मिल्ने बताउनु भयो । नेपाल विद्यार्थी संघ नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखीक्याम्पसका ईकाई सभापति शिशिर शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसकी युवा नेत्री मु्ना भुषाल,नेपाली काँग्रेस पर्वतका सदस्य माया पाठक, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य शैलेन्द्र गौडेल, नेपाल विद्यार्थी संघ पर्वतकाअध्यक्ष मिलन सुवेदी, नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार ‘शिव’, नेपाल तरुण दल फलेवास नगर समितिका अध्यक्षदिनेश लामिछाने लगायतले गणेशमान सिँहको योगदानको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य यमन कुवँर धन्यवाद वडाध्यक्ष टेकवहादुर पाठक र नेपाली काँग्रेस पाङराङ पूर्व सचिव कर्णवहादुरसुनार र कार्यक्रमको संचालन सन्तोष पाठकले गर्नुभएको थियो ।








