१९ कार्तिक
उता निसिखोला गाउँपालिका–५ बस्ने ७३ वर्षीया सिता बुढामगर घरदेखि करिब ५ किमी पर रहेको मध्यपहाडी लोकमार्गमा आइतबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नौबाहिनी गाउँपालिका–६ आँटीघर बस्ने ४० वर्षीय प्रकाश केसी घर नजिकैको लुङखोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मिथिला नगरपालिका–६ बस्ने ३२ वर्षीय मकसुधन महतोको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–२३ विन्धीस्थित सडकमा को– १ ख ६८२४ नम्बरको ट्रिपरले विद्युतको तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका ट्रिपर चालक महतोको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी सिदिङवा गाउँपालिका–४ साब्लाखुस्थित पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने ईन्द्रावती खोलाको ढुङ्गाको चेपमा हाल नाम, थर, वतन खुल्न नसकेको मानिसको शव आइतबार बिहान सडिगलेको अवस्थामा फेला परेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आजै क्षिरेश्वरनाथ नगरपालिका–७ दुर्गा टोल बस्ने ५५ वर्षीय राजदेव महराको आइतबार बिहान बेहोस भई मृत्यु भएको छ । मिथिला नगरपालिका–३ हरिहरपुरमा हिँड्ने क्रममा बेहोस भई लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सानथाक्रा माइको सिमपानी बस्ने ४२ वर्षीय नासुगमाइला शेर्पाको अलैची बोकेर दोभान आउने क्रममा चिप्लीएर लड्दा आइतबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं र रुपन्देहीमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने करिब ८ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । काठमाडौं मनहरा नगरपालिका–७ मुलपानी पिपलबोट नजिक जस्ताको टहरामा आइतबार बिहान आगलागी हुँदा सोही ठाउँ बस्ने ५४ वर्षीया सुन्तली कर्माचार्यको जलेर मृत्यु भएको छ ।
रुपन्देही ओमसतिया गाउँपालिका बस्ने बेकर धुनिया किराना पसलमा आइतबार बिहान बिजुली सर्ट भई आगलागी हुँदा पसलमा रहेको चामल, दाल, बिष्कुट, चाउचाउ लगायतका सामान जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानियबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता भूमिकास्थान नगरपालिका–९ प्याले बस्ने मदन घिमिरेको ४ वर्षीय छोरा आर्यन घिमिरेको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । आँगनमा खेलिरहेका आर्यनलाई चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल सन्धिखर्क पठाइएकोमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता काठमाडौं र भक्तपुरमा २ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–१५ स्वयम्भु बुद्ध चोकमा शनिबार दिउसो काभ्रे पनौती घर भएका ६० वर्षीय प्रकाश बस्नेत मृत अवस्थामा फेला परेका छन् ।
भक्तपर मध्यपुर ठिमी नगरपालिका९४ राधेराधेस्थित हनुमन्ते खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ बर्षीय पुरुष शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








