१० कार्तिक

एजेन्सी । भारतको मध्यप्रदेशस्थित खरगोनमा भएको एक सडक दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय चंद्रशेखर दीवान, उनकी पत्नी, १६ वर्षीय जेठी छोरी र ५ वर्षीय छोराको ज्यान गएको हो। उक्त परिवार बैजापुर जाँदै गरेका थिए, तब १५ किलोमिटर टाढा इंदिरा सागर परियोजनाको मुख्य नहरमा कार खस्यो।

दुर्घटना कहिले र कसरी भयो भन्ने कसैले देखेनन्। कारको धेरैजसो भाग पानीमा डुबेको थियो। जब स्थानीयले दुर्घटना भएको देखे, तब उनीहरुले कारलाई पानीबाट बाहिर निकाले। कार निकालेपछि कारमा रहेका सबैलाई अस्पताल पुर्याए। अस्पतालले चारैजनाको मृत घोषणा गर्यो। दुर्घटना घुम्ती पुलका कारण भएको स्थानीयको आशंका छ। जुन पुलमा प्राय कार अनियन्त्रित हुने गर्दछन्।

सानो गल्तीका कारण एकै झट्कामा गयो पूरै परिवारको ज्यान (भिडियोसहित)