९ कार्तिक

महाशिला गाउँपालिका–४ पाखापानीका वडाध्यक्ष पुर्णवहादुर मल्ल सहितको समुहले महिला माथि कुटपीट गरेको आरोप लागेको छ । सोही वडाका बलवहादुर खत्रीले आफ्नी छोरी माथि वडाध्यक्ष सहितको समुहले संघातिक आक्रमण गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । आफ्नो निजि जग्गामा वडाध्यक्ष मल्ल सहितको समुहले जवजस्ती डोजर प्रयोग गरेको र रोक्न खोज्दा आफुलाई कुट्न आएको समूहवाट जोगाउन खोज्दा जेठी छोरी लक्ष्मी खत्री माथि संघातिक आक्रमण भएको पीडित खत्रीको आरोप छ ।

पीडित खत्रीले आफ्नो नीजि जग्गामा जवरजस्ती हडप्न खोजेको भन्दै वडाध्यक्ष मल्ल र सोहि ठाउँका यामवहादुर भण्डारीका विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको हो । पीडित खत्रीका अनुसार महाशिला –४ साविक पाखापानी गाविस–४ चियान डाँडामा रहेको कित्ता नम्वर १८७ को क्षे.फ १ रोपनी २ आना १ पैसा २ दामको आफ्नो जग्गामा मल्ल र भण्डारीले हडप्न खोजेको बताए ।

गत कात्तिक ६ गते वडाध्यक्ष मल्ल र सोही स्थानका भण्डारीको अगुवामा आएको २०–३० जनाको समुहले आफुले एकलौटी हक भोग गरेको जग्गामा बिना अनुमती डोजर प्रयोग गरेको खत्रीको गुनासो छ । कोटपिटको क्रममा तिन तोलाको सिक्रि, नगद ४ हजार,कोदालो, १ तोलाको औंठी लगेको खत्रीको आरोप छ । डोजर चलाउँदा मेरा छोराछोरीलाई तथानाम गाली गनृुका साथै हातपात गरि खरबारीमा समेत आगो लगाईदिएको खत्रीले बताउनु भयो ।

उहाँले गाउँमा बस्न सक्ने अवस्था नरहेको भन्दै प्रसासन संग सुरक्षाको माग गर्नुभएको छ । आफुमाथी उक्त घटनाको विषयलाई लिएर दैनिक धम्कि आईरहेकाले खत्रीले सुरक्षाको माग गर्नुभएको हो । साथै उहाँले दोषीमाथी कारबाहीको माग गर्नुभएको छ । यता वडाध्यक्ष पुर्णवहादुर मल्लले आफुले त्यस्तो नगरेको दावी गर्नुभयो । ‘त्यो बाटो पहिल्यै निर्माण भईसकेको थियो उनले भने,‘ अहिले चक्लाबन्द गर्ने क्रममा विवाद भएपछि बाटो खन्न रोकिएको छ ।’ आफु वडाको विकासमा दिनरात खटेको बताउँदै कसैलाई पक्षपात नगरि वडाको समान तवलले विकास गर्ने बताउनु भयो ।