६ कार्तिक
काभ्रे । विद्यालयमा पढाउने शिक्षकले गलत नियतका साथ बालिकाहरुलाई काखमा लिदै अमानविय तरिकाले जर्बजस्ति करणी गरे पछि विद्यार्थी र अभिभावक उजुरी बोकेर प्रहरीकोमा पुगेका छन् । प्रहरीले शिक्षकलाई पक्राउ गरे लगत्तै अभिभावकको आक्रोश शिक्षक माथी पोखिएको छ ।
प्रहरीकोमा बयान दिन उपस्थित भएका अभिभावक र पक्राउ परेका शिक्षक बीच देखादेख हुँदा हुँदै अभिभावकले शिक्षकलाई छुरी प्रहार गरेका थिए । प्रहरीले रोकेका कारण शिक्षकलाई थप क्षती भएन । विद्यालयका साना साना बालबालिकाहरुलाई शिक्षा दिने नाममा गरेको जर्बजस्ति करणी विरुद्ध अभिभावकहरुको आक्रोश थियो । ‘अप्सनल अंग्रेजी पढाउने शिक्षक शंकर पहरी सरले म र मेरो साथीलाई विद्यालय हाता भित्र सधै जसो कक्षा कोठामा अरु साथीहरुलाई कक्षाकोठाको गृहकार्य गर्न लगाई म र साथी बसेको लास्ट (अन्तिम ) बेञ्चमा आई काखामा राखी छाती र सुरुवाल भित्र हात पठाई औला योनीमा पसाउँदै आएका थिए ।
असोज ८ गते र १० गते दुबै दिन पहरी सरले पिसाव फेर्ने ठाउँमा कक्षा कोठामा कोहि नभएको मौका छोपी सरको पिसाव फेर्ने घुसाउनु भएको थियो । शिक्षक पहरी तिमी कति राम्री छौ भन्दै सधै गाला समाउने, काखमा लिने, छाती समाउने, फ्रक भित्र हात राखेर संवेदनशिन अंगहरु चलाउने गर्दै आउनु भएको थियो । कहिलेकाँहि सरको पिसाव फेर्ने स्थान समेत समाउन लगाउनु हुन्थ्यो । यो कुरा कसैलाई नभन्नु, भन्यो भने कुट्छु, पिट्छु भन्दै तर्साउनु हुन्थ्यो’–पीडित बालिकाहरुले प्रहरीमा बयान दिएका छन् ।








