६ कार्तिक
पर्वत । मानव अधिार तथा शान्ति समाजको सोहैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज भएको सभाले कूल वहादूर पूनको अध्यक्षतामा नयां कार्य समिति चयन गरेको हो ।
मानव अधिकारको क्षेत्रमा कृयाशिल मानव अधिकार तथा शान्ति समाजले विधिको शासन र पद्धतीलाई कडाईका साथ लागू गर्न जनदवावमूल कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
निवर्तमान अध्यक्ष ओम प्रसाद घायलको अध्यक्षतामा भएको कार्यक्रमले कूल वादूर पून को अध्यक्ष, उपाध्यक्ष मूक्तिराम पोख्रेल,कोषाध्यक्ष गिता अधिकारी,सदस्यहरुमा कमलनाथ पोख्रेल,तारा गिरी,संगीता केसी सहित ९ सदस्यीय कार्य समितिको चयन गरेको हो ।
त्यसै गरि सल्लाहकारमा सरस्वती शर्मा जिज्ञाशू,गोविन्द प्रसाद पोख्रल,ओम प्रसाद घायल,निर्मल वि क, गणेश वहादूर क्षेत्री र छविलाल तिवारीलाई चयन गरेको छ ।
आगामी मंसीर १५ र १६ गते हूने केन्द्रिय परिषद वैठक तथा अधिवेशनमा भाग लिनका लागी शाखा अध्यक्ष कूल  वहादूर  पून,शिवराज शर्मालाई प्रतिनिधि छनौट गरेको छ ।
शाखाको तर्फ वाट केन्द्रिय सदस्यमा चूनाव लड्नका लागी निर्वमान सचिव शिवराज शर्मालाई प्रस्ताव गरेको छ ।
उक्त कार्यक्रमको संचालनकना सचिव शिवराज शर्माले गरेका थिए ।