६ कार्तिक
काठमाडौँ । दिल निशानी मगर सामाजिक संजाल चलाउनेहरुको लागी नौलो नाम भने हैन । उनी बेला बखत खरो विचारहरु प्रकट गरे बापत बिबादित बन्दै आएका छन । उनी सानो तिनो मान्छे देखी ठुला बढा कसैलाई नटेरी आफ्नो अभिव्यक्ति प्रस्तुत गर्ने निडर युवामा गनिन्छन ।
यस्तै यो पालीको महान चाड दशैँको बेला राष्ट्रपति विद्या देवी भण्डारी प्रति लक्षित गर्दै यस्तै खरो प्रतिक्रिया दिएका छन् । उनको कस्तो प्रतिक्रिया थियो त ? तल हेर्न सकिनेछ :
‘जननेता स्व. मदन भण्डारीले २०४८ सालको आम निर्वाचनमा चावहिल चोकको सभालाई सम्बोधन गर्दै तत्कालिन राजा वीरेन्द्रलाई चुनौती दिंदै भनेका थिए-“आउ श्रीपेच फुकालेर चुनावमा लड्न म तयार छु महाराज ! हात नलम्काई बक्सियोस ! आँखा नचम्काई बक्सियोस ! आफ्ना सन्डमुसन्डहरुलाई नचलाइबक्सियोस ! यदि सन्डमुसन्डहरुलाई नै चलाउने हो भने, यदि सन्डमुसन्डहरुलाई अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्यो, ताकि प्रतिद्वन्द्विता गर्न सकियोस ।” उनको अर्को मार्मिक भनाई पनि थियो- त्यो के भने “सामन्तवादको सामुल अन्त्य नभएसम्म राजा रहनु र नरहनुले खासै फरक पार्दैन।” तिनै महान विचारकको पत्नी भएका हिसाबले बिध्यादेवी भण्डारीलाई राष्ट्रपती स्विकार्न हजम भएको थियो। नत्र कुनैपनी दृष्टीबाट उहाँ यो देशको सर्वोच्च पदमा बस्न हैसियत प्राप्त मानिस हैनिन्। जुन प्रकारको दशै टिकाका सामन्तवादी शैलीहरु जनताबाट चुनिएका भनिएका शासकका आगनमा देखिएका छन् त्यो गणतन्त्रको भद्दा मजाक बाहेक अरु केही हैन। मदन मण्डारीको महान विचारमाथीका अपमान बाहेक अरु केही हैन। नयाँ राजा बन्ने अभ्यासहरु बाहेक अरु केही हैन।








