२८ असोज
पर्वत /पर्वतबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य पदम गिरीले संसारलाई चकित पार्ने गरि बिकास हुने बताएका छन ।
दशैं, तिहार, छठको अवसरमा आयोजित चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै सरकारले पुर्बाधार तयार पारेकाले संसारलाई चकित पार्ने गरि बिकास हुने बताएका हुन ।
‘सरकारले बजेट मार्फत संसारलाई चकित पार्ने गरि बिकासका पुर्वाधार तयार पारेको छ’ उनले भने ‘अबको दुई बर्षपछि कसैले कल्पना सम्म नगरेको बिकास गरेर देखाउँछ’ सरकारले असार सम्म अघिल्लो सरकारको बजेट कार्यान्वयन गरेका कारण आफुले केही नपाएको र आफ्नो बजेट सरकारले कार्यान्वयन गर्ने चरणमा रहेका कारण केही नभएको जस्तो भ्रम पार्न खोजिएको स्पष्टीकरण दिए ।
छिमेकीहरु संग सम्मानजनक सम्बन्ध स्थापित गरेकोे बताउँदै छिमेकीको हेपाहा प्रबृत्तिको अन्त्य भएकोले अब आफ्नो ढंगले काम गर्ने अवस्था सृजना भएको छ भने । ‘छिमेकीको हेपाहा प्रबृत्तिको अन्त्य भएको छ’उनले भने ‘चीन संग भएको समुन्द्र पार ब्यापारका लागि सम्झौताले बिकासको ढोका खुलेको छ.।
हत्या र बलात्कार लगायतका घटनामा संलग्नहरुलाई कावार्ही गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै निर्मला पन्त हत्या र बलात्कारका घटनाहरुमा संलग्नहरु छिट्टै सार्वजनिक हुने बताए ।
चियापान कार्यक्रममा प्रतिनिधीसभाका सदस्य लालकाजी गुरुङ्ग, पुर्व साँसद अर्जुनप्रसाद जोशी, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, नेकपाका केन्द्रिय सदस्य गुप्त हमाल, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।









