२७ असोज
पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले नेकपाको दुईतिहाईको सरकारले जनतालाई अधिकार सम्पन्न गराउनुको सट्टा जनताको अधिकारलाई कुण्ठित गरेको वताउनु भएको छ । नेता जोशीले नेपाली काँग्रेस जलजला गाउँ कार्य समितिले शुक्रवार पर्वत बेनीमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उक्त कुरा वताउनु भएको हो ।
केन्द्रीय सदस्य जोशीले केपी ओली नेतृत्वको सरकारसँग स्पस्ट बहुमत हुँदाहुँदै दुईतिहाई बहुमतको पछि लागेर मुलुकमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनु भयो । उहाँले नेकपाको दुईतिहाई बहुमतले मुलुकका संवैधानिक निकायलाई निष्तेज पार्ने अतिवाद लाद्ने र संघीयतालाई असफल वनाउन तर्फ लागेको दावी समेत गर्नुभयो । नेता जोशीले कम्युनिष्ट सरकारले चुनाबअघि जनतामा बाँडेका झुट्टा आश्वासन र उधारा सपनाले उसको आयु छोटिँदै गएको उल्लेख गर्दै अब कम्युनिष्ट पार्टीको घर भत्किने निश्चित भएको वताउनु भयो । ’ कम्युनिष्टहरूको घर भत्किने निश्चित छ तर त्यो घर भत्किँदा हामी आफ्नो घर बलियो बनाऊँ किनकि त्यहाँ बेघर भएकाहरू हाम्रो घरमा ओत लाग्ने वाताबरण बनोस ।’ नेता जोशीले भन्नुभयो । त्यसैगरि एक अर्को प्रसंगमा बोल्दै नेता जोशीले नेपाली काँग्रेस पार्टी्भित्र पनि अहिले हाकुचा प्रवृत्ति हावी भएकोले जनता र कार्यकर्ताका बीचमा लोकप्रिय भएर नेता हुनेभन्दा नेतृत्वलाई सरापेर र अफ्ठ्यारो पारेर चर्चामा आउन केही व्यक्तिहरू लागेको देखिन्छ यस्ले क्षणिक फाईदा त होला चर्चाामा आउन तर दिर्घकामा सच्चा नेता कार्यकर्ताले चिन्ने टिप्पणी गर्नुभयो । उहाँले काँग्रेस एक भएर अघि बढ्दा पर्वत सँधै काँग्रेसमय हुने दावी समेत गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका पूर्व सभापति लालकाजी गुरूङले कम्युनिष्टहरूको ओरालो यात्रा शुरू भइसकेको वताउँदै काँग्रेसका सबै नेता कार्यकर्ताहरू एक भएर संगठन निर्माणमा क्रियाशील हुन आहन गर्नुभयो । सांसद गुरूङले पर्वतको विकास र समृद्धिका निम्ति आफ्ना पनि केही सपनाहरू भएपनि सरकार अर्कैको भएकोले काम गर्न कठिनाइ भएको वताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कार्यवाहक सभापति दुर्गाबहादुर खत्रीले काँग्रेस कमजोर भयो भनेर अहिले आम कार्यकर्ताहरूमा निराशा पैदा भएको उल्लेख गर्दै दशैंलगत्तै पार्टीको बैठक बसेर पार्टीले नयाँ कार्यदल सहितको टोलि निर्माण गरि संगठन सुदृढिकरणमा लाग्ने जानाकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरूङ पार्टीका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक शिव शर्मा अधिकारी
कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिके, नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, पूर्व उपसभापति नेत्र महत, पूर्व जिविस उपसभापति राम शर्मा पौडेल, राष्ट्रिय सभाका उमेद्वार जीतबहादुर नेपाली, नेवि संघका सहमहामन्त्री हरिहर शर्मा, नेपाल निजामती कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष यमप्रसाद शर्मा, नेकपाका जलजला संयोजक लालबहादुर अधिकारी र नेपाल तरूण दल पर्वतका अध्यक्ष राज मल्ल तोरण लगायतले पार्टी संगठनका विभिन्न बिषयमा आ९आफ्ना भनाईहरू राख्नुभएको थियो ।
नेनेपाली काँग्रेस जलजलाका अध्यक्ष चन्द्रबहादुर जि.सी को अध्यक्षता, चित्रराज रेग्मीको सञ्चालन र इन्दुप्रकाश पौडेलको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।