२५ असोज
पर्वत । पर्वत जिल्लामा पनि ६३ औं प्रहरी दिवश मनाईएको छ । कानुन र न्याय नै हुन्छ सवै भन्दा माथि, शान्ति सुरक्षा कायम गर्न प्रहरी हो सवको साथी भन्ने मुल नाराका साथ मनाएको उक्त प्रहरी दिवशमा सूरक्षा निकाय,नागरिक समाज,पत्रकार कार्यालय प्रमूख लगायतको उपस्थितिमा मनाएको हो ।
कर्तव्य पालनाको सिलसिलामा देश र जनताका लागी आफ्नो प्राणको आहुति दिई विरगती प्राप्त गरेका अमर प्रहरीको सम्झना गर्दै प्रहरी दिवस मनाएको हो । जिल्ला प्रहरी कार्यालयको प्राङगणमा रहेको अमर प्रहरी स्मारिकामा अमर प्रहरीहरू को सम्झनामा पुष्प गुच्छा तथा माल्यार्पण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति संयोजक मनोहर वि पौडेल ले अपराध रोकथाम तथा अनुसन्धानमा नेपाल प्रहरी विश्वमा नै उत्कृष्ठ रहेको बताउदै अमर प्रहरी परिवारलाई आवश्यक सहयोग गर्न उपस्थित सम्पुर्णमा आग्रह गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका कार्यालय प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीको अध्यक्षता भएको उक्त कार्यक्रममा कु न पा का उप प्रमुख सिता काफ्ले लामिछाने , प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायतले शूभकामना दिएका थिए ।
उक्त कार्यक्रममा स्वागत प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठले गरेका थिए । पुर्व प्रहरीको तर्फवाट पुर्व प्रहरी संघ पर्वतका सचिव हरि नारायण गिरी, अमर प्रहरीको तर्फवाट अमर प्रहरी संघ पर्वतका अध्यक्ष मेनका लामगादे, पत्रकार महासंघ पर्वतका छविलाल तिवारी लगायतले शूभकामना दिएका थिए।
कार्यक्रमको अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले अमर प्रहरी तथा पुर्व प्रहरी कर्मचारीले पुर्याएको योगदानको सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय परिवार अपराध विरुद्ध शुन्य सहनशिलताको नितिमा अघि वढेको स्पष्ट पारेका थिए, उक्त कार्यक्रममा प्रहरी चौकी लेखफांट पर्वतको भवन निर्माण समितिको अध्यक्षको रुपमा रही बिशेष योगदान पुर्याउनु हुने जलजला गाउपालिका वडा न.५ निवासी डण्डपाणी सुवेदीलाई कार्यक्रममा कदर पत्र प्रदान गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वत र मातहत प्रहरी युनिटहरुमा कार्यरत उत्कृष्ट ८ जना प्रहरी कर्मचारीहरुलाई समेत नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक पुर्णिमा थापाले गरेकी थिईन ।
प्रहरी दिवसको अवसरमा नमुना आवाशिय मा.बि.का विधालय व्यवस्थापन समितिका अध्यक्ष याम प्रसाद शर्माले अमर प्रहरी परिवारका कुनै एक जना सन्तानलाई कुश्मा नगरपालिका वडा नम्वर ६ स्थितमा रहेको नमुना आवाशिय मा.बि.ले कक्षा नर्सरी देखी कक्षा १२ सम्म निशुल्क अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेका थिए ।









