२४ असोज
रामकृष्ण लामिछाने,पर्वत । मोदीवेणी धामको विकास र संरक्षणको बिषयमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले चासो देखाएको छ ।गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एनआरएनए का अध्यक्ष भवन भट्टले मंगलबार पर्वतमा रहेको मोदीवेणी दिव्य धामको अवलोकन गरेका हुन ।
भट्टलाई कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी सहित नृसिहं मोदीवेणी धामका अध्यक्ष केशवदास वैरागी लगायतले मोदीवेणी धामको संरक्षणमा चासो दिन आग्रह गरेका थिए ।नृसिहं मोदीवेणी धामद्धारा स्थापना भएको बृद्ध आश्रामको उद्घटन समारोहमा सहभागी हुन यहाँ आएका उनले मोदीवेणी धाम सहित त्यहाँ निर्मत विभिन्न धार्मिक मठमन्दिरको अवलोकन गरेका हुन् । उनलाई नगरप्रमुख जोशी सहित नृसिहं धामका अध्यक्ष वैरागी सहितले धाममा रहेको नृसिहंमन्दिर,शिवलिङ्ग, आश्रय सामूहिक घाट,पिण्डदान स्थल,१ सय ८ धाराको बारेमा जानकारी गराएका थिए ।
धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित मोदीवेणीधाम पर्यटको रोजाईमा पर्न थालेको जानकारी दिदै मेयर जोशीले थप रिक तथा बाह्य पर्यटक यहाँ धार्मिक दर्शन गर्न आउने वातावरण सिर्जन गर्न समेत गरेका छन् । उनले तत्कालै धामसम्म पुग्न यातायतको बाटोको व्यवस्थापन गरेको बताउँदै,शिघ्र पिच गर्ने योजना बनाएको समेत बताए । यस्तै,अध्यक्ष वैरागीले धामको महत्व झल्काउने ६४ पञ्चमुखी शिवलिङ्गको चौघेरो निर्माण गरेको सुनाएका हुन् ।उता फलेवास नगरपालिकाका मेयर पद्मपाण्ी शर्माले यसको संरक्षणमा यहाँ दुवै नगरपालिका लागि परेको बताए । उनले यसको संरक्षणमा एनआरएनए पनि लागेमा सर्मग पर्वतको चिनारीमा ठुलो टेवा पुग्ने बताए ।









