२२ असोज
मन्त्रिपरिषद् बैठकले श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक कम्तिमा २५ प्रतिशत बढाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । २५ प्रतिशत पारिश्रमिक वृद्धि गर्दा पत्रकारको न्युनतम पारिश्रमिक २४ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यो निर्णय कात्तिक १ गतेपछि सरकारी र निजी सबै सञ्चारमाध्यमले लागू गनु पर्ने मन्त्री बास्कोटाले बताउनुभयो ।









