संजय रेग्मी
अशोज २१, २०७५
पर्वत : पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ घर भएर बिभिन्न कारणले पोखरामा बस्दै आएका ठूलीपोखरीबासीहरुले ठुलिपोखरी पोखरा सम्पर्क समिति स्थापना गरेका छन । रोजगारी, अध्ययन लगायत अन्य शिलशिलामा पोखरामा बस्दै आएका उनीहरुको शनिबार भएको भेलाबाट समिति निर्माण भएको हो ।

समितिकी सहसचिब तथा संस्थाकी प्रेस संयोजक सबिताकुमारी शर्माका अनुसार नवगठित समितिको अध्यक्षमा गोकर्ण सुवेदी, उपाध्यक्षमा झलकप्रसाद रिमाल, सचिबमा शिवप्रसाद लामिछाने, कोषाध्यषमा विश्वराज लामिछाने दीपक, सह सचिवमा सबिताकुमारी शर्मा र सदस्यहरुमा रामकृष्ण लामिछाने, बाबुराम सुवेदी, दिपक सुवेदी, रमेश सुवेदी, मिलन सुवेदी, शिमाल पौडेल, हेमशर्मा ढुंगाना, कल्पना लामिछाने, संगीत लामिछाने, सरस्वती सापकोटा पौडेल, पण्डित हरिप्रसाद पौडेल, शम्भु पौडेल, सुरेश लामिछाने, भुवन पौडेल, ठाकुर सुवेदी, गंगाराम पौडेल र ध्रुव के.सी. रहनुभएको छ ।

समितिको कानुनी सल्लाहकारमा चक्रपाणि आचार्य चयन हुनुभएको छ । यसैगरी, समितिको सल्लाहकारहरुमा रामप्रसाद आचार्य, सुदिप कुवंर, धर्मलाल लामिछाने, छवि सुवेदी र महेश शर्मा लामिछाने रहनुभएको छ । समिति निर्माणको लागि आयोजना गरिएको भेलामा महेश लामिछानेको अध्यक्षतामा भएको थियो संचालन शिव लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा चक्रपाणि पौडेल, रामप्रसाद आचार्य, सुदीप कुँवर, सबिताकुमारी शर्मा र संगीत लामिछानेले बोल्नुभएको थियो ।