१९ असोज
काठमाडौं– आन्तरिक तयारी नपुगेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सारिएको छ।
विधान मस्यौदा समितिले तयार गरेको विधानमाथि आन्तरिक छलफल गर्नका लागि बैठक सारिएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी गराए।
केन्द्रीय कार्य समितिको आज बस्ने भनिएको बैठक सोमबार दिउँसो एक बजेको लागि सारिएको छ।
अनुशासन र कार्य सम्पादन समिति गठनका लागि भदौ २८ मा बोलाइएको बैठक विवादले स्थगन भएको थियो।
नेपाल विद्यार्थी संघको विधान तथा नियमावली पार्टीले अनुमोदन नगरिदिँदा संघको महाअधिवेशन अन्योलमा परेको छ।









