१५ असोज

घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा अाइतबार एक जना पक्राउ परेका छन्।

नगरपालिकाका बालिकालाई घरमा कोही नभएको मौका पारी जबर्जस्ती बलात्कार गरेको आरोपमा कञ्चनपुरको त्रिभुवन बस्ती नगरपालिका–७ का किरण विकलाई प्रहरीले पक्राउ गरेको हो।

बालिकाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको र अभियुक्त किरण विकलाई अनुसन्धानका लागि जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख यक्षराज जोशीले जानकारी दिए।