१५ असोज

पर्वत । जन्मेको १४ दिनदेखि अपाङ्ग भएका कुस्मा नगरपालिका १२ का सन्दिप सुवेदीलाई आईतबार कुस्मा नगरपालिकाले ह्विल चियर प्रदान गरेको छ ।

ह्विल चियर प्रदान गर्दै कुस्मा नगरपालिकाका उपमेयर सीता काफ्ले लामिछानेले उनको पटकपटक दर्दनाक अवस्था देखेको हुदाँ कुस्मा नगरपालिका र अपाङ्ग उत्थान समाजको सहकार्यमा रहेर आफुले ह्विल चियर प्रदान गरेको बताईन् । उनले जनप्रतिनिधीहरुले विकासका काम गर्दा सडक र भवन निमार्णमा मात्रै केन्द्रित नभई यस्ता असाहयहरुलाई पनि सहयोग गरेर जनता समक्ष पुग्नु आग्रह गरिन ।

कुस्मा नगरपालिकाले अपाङ्ग सन्दिपको हरेचार्हमा कार्यपालिकाले उनको परिवारलाई २० हजार पनि प्रदान गर्ने भएको छ । सन्दिप सुवेदी उमेरले १३ बर्षका भएका छन् । जस्ले खाना,लाउन,बोल्न,सुन्न सक्दैन् । उनका मातापिताले उनलाई मज्दुरी गरेर लालनपोषण गरेका छन् । छोरालाई उपचार गर्न देशका विभिन्न अस्पतालमा पु¥याए पनि उपचार हुन नसकेको आमा कल्पना सुवेदीले वताईन् । सन्दिप ३ दाजुभाईका मध्यका सन्तान हुन । उनको जीवीका चलाउन वडाले ५ हजार प्रदान गरेको हो । भने,अन्यत्रबाट कुनैपनि सहयोग प्राप्त भएको छैन् ।
ह्विल चियर हस्तान्तरण गर्दै अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष किशोर शर्मा,वडाध्यक्ष राजेन्द्र पौडेल,सदस्य रमेश पौडेल लगायतले बोलेका थिए ।