१४ असोज

कठमाडौं– निर्मला पन्त हत्याको छानबिन समितिका सदस्यमाथि कैलालीमा अाक्रमण भएको छ। सहसचिव हरि मैनालीको नेतृत्वको छानबिन समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीको धनगढीमा आक्रमण भएको हो।

काठमाडौंबाट आइतबार धनगढी गएका केसीमाथि विमानस्थलबाट बाहिरने क्रममा अाक्रमण भएको प्रहरीले जनाएको छ।  बा १ झ ९७०३ नम्बरको गाडीमा सवार केसीमाथि ढुंगा प्रहार भएको हाे।

ढुंगाले गाडीमा लागे पनि कसैलाई चोटपटक नलागेको प्रहरीले जनाएको छ। ढुंगा प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।